लगातार घट्दै सुनको भाउ, आज तोलाको कति छ ?


०६:४३ बजे

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ । दुई दिनमा पाँच हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज (सोमबार) पनि ओरालो लागेको छ । 

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य शुक्रबार तोलामा तीन हजार नौसय र आइतबार एक हजार नौसय रुपैयाँ घटेको थियो । सुनको मूल्य आज प्रतितोला एक लाख ७३ हजार आठसय रुपैयाँमा झरेको छ । 

हिजो सुनको मूल्य एक लाख ७४ हजार पाँचसय रुपैयाँ थियो । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७