दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ । महासंघको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवंगत भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो । त्यसैगरी महासंघका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवंगत पत्रकार रजकको १३औं पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ।