तीनकुने घटना : थप एक जना पक्राउ


०४:०५ बजे

काठमाडौं । प्रहरीले काठमाडौं तीनकुनेमा चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । 

ललितपुर महानगरपालिका– २७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थप समेत गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्टले कमल विष्टको नामको फेसबुक आईडीबाट नेपाल ‘श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढ्नुपर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिहरु उनको फेसबुक पेजमा लेखी विभिन्न व्यक्तिहरुलाई ट्याब समेत गरेको पाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७