मेरो जीवनको रक्षा भए २४ घण्टाभित्र उपस्थित हुन्छु : दुर्गा प्रसाई


०४:२६ बजे

काठमाडौं । फरार रहेका दुर्गा प्रसाईले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन् ।

उनले भने, ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा. सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा. भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोलि २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन । भारत भागेको भनिएको छ । म कतै भागेको छैन । नेपालमै छु । नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु ।’

उनले आफू नभागेको र अहिले जोगिएर बसेको मात्र बताएका छन् । उनले भने, ‘म भागेको होइन । जोगिएको मात्र हुँ। म रहे भने यो अभियान सफल हुन्छ । यदि म रहिनँ भने यो अभियान त्यतिकै सकिन्छ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७