माओवादीको पार्टी कार्यालय छिर्ने कोशिस गर्दै प्रदर्शनकारी

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राजावादी प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि प्रहरी तैनाथ गरिएको छ । कार्यालयका प्रमुख सचिव गणेशमान पुनका अनुसार पार्टी कार्यालय परिसरमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।
‘आवश्यक सुरक्षाका लागि प्रहरी परिचालन भएको हो,’ उनले भने । तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।