प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग


०४:४५ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले ‘कथित’ भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।  

‘प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो । प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस् । प्रधानमन्त्रीले फागुन २५ गतेको  स्वागत कथित भन्नुभयो । सो रेकर्डबाट हटाइयोस् ।’ प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संवोधन गर्दै गर्दा राप्रपा सांसदहरूले अवरोध गरेका छन् । प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेपछि राप्रपा सांसदहरू आक्रोशित भई अवरोध गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको  बताए लगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाएका थिए । त्यसपछि पार्टीका सबै सांसदहरू उठेर विरोध जनाएका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७