तीनकुनेमा नागरिक मर्दै गर्दा निर्मल निवासलाई दुखेन : विश्वप्रकाश शर्मा


०४:४२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा नागरिक मर्दै गर्दा निर्मल निवासलाई अलिकति पनि नदुखेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभामा बोल्दै सांसद शर्माले तीनकुनेमा घटनामा सबैले शोक व्यक्त गर्दा निर्मल निवासले किन गरेन भन्दै प्रश्न गरेका छन् । 

शर्माले भने, ‘तीनकुने घटनामा सविन महर्जन श्रमजीवि युवा र पत्रकार सुरेश रजकको मृत्यु भयो । सबैले दुःख व्यक्त गरे। राजनीतिक दल सबैको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैको मन दुख्यो । तर निर्मल निवासलाई दुःखेन । नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन। राजा ल्याउँछु भन्ने युवालाई म भन्न चाहन्छु । तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको मन दुख्दै गर्दा, हृदय नदुख्ने तपाईं कस्तो राजाको परिकल्पना गर्दै हुनुहुन्छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७