किन गरियो पूर्वराजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको ‘सेट’ नै परिवर्तन ?

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पुरै टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ । पूर्व विशिष्टलाई मापदण्डानुसार दिइने १६ जनाको टोली योपल्ट पठाइएको छ। विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जानकारी दियो।
पूर्वराजाको सुरक्षामा यसअघिको सशस्त्रको टोली १६ जना भन्दा बढीको थियो । शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई कारबाही गर्न माग गरेका छन् ।