थाइल्याण्ड भ्रमणमा दुई समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्रीले गराए संसदमा जानकारी


०४:४७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।

यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ । उनले थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् र सम्बोधन लगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नेछन् । 

भोलि आफूसहित भ्रमण टोली बैंककतर्फ जाने उनले संसदलाई जानकारी दिए। थाइल्यान्डका राजासँग २० गते औपचारिक भेटवार्ता हुने उनको भनाइ छ। त्यसैगरी त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले बताए । ‘दुई वटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उनले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७