मधेश प्रदेश सरकारले गर्‍यो एसइई बहिष्कार घोषणा


२०८१ चैत ५ मंगलबार १९:३२ बजे

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै एसइई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् ।

उनले केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार  नगरिएकोमा आपत्ति जनाएका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यस पटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।

मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिएका थिए । तर, त्यसविपरित केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो । मुख्यमन्त्री सिंहले संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाए परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

‘विगतमा परीक्षामा धेरै चलखेल सेटिङ हुने गरेको, चोरी फ्लेप चल्ने गरेको कसैबाट लुकेको छैन । यसले क्षिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसकारण यस पटक गोला प्रथाबाट केन्द्राध्यक्ष चयन र परीक्षामा फेला पर्ने मोबाइलहरू जफत गर्ने हाम्रो निर्णय कार्यान्वयन भएन । त्यसकारण अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं ।’


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७