परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता


२०८१ चैत ५ मंगलबार २१:५८ बजे

काठमाडौं ।  ‘राइसिना डायलग’ मा सहभागी हुने सिलसिलमा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आज भेटवार्ता गरेकी छन् । भारतको विदेश मन्त्रालयले उक्त डाइलग  आयोजना गरेको हो । 

भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको परराष्ट्रमन्त्री मन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेकी थिइन् ।

मन्त्री डा. राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै  त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह«य सहयाताका बारेमा परामर्श गरेकी थिइन् ।  नेपालले  राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा  दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् । मन्त्री डा. राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७