सरकारका विषयमा मिलनविन्दु नै देखेका छैनौं : प्रचण्ड


२०८१ चैत ४ सोमबार ०५:२८ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।  आज (सोमबार) काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्। 

बरू अन्य विषयहरूमा छलफल भइरहेको उनले बताए । ‘हिजो–अस्तीदेखि आइराखेको छ फेरि । अब कांग्रेस, एमाले र माओवादी तीनटा मिलेर सरकार बनाउने भए रे भन्ने चर्चा चलेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं । कसैसँग औपचारिक कुरा पनि भएको छैन । टीआरसीसँग सम्बन्धित विषयमा कुरा गर्नु नै पर्छ । गरी पनि राखेको छु । तर सरकार बनाउने पक्षमा हामी बिल्कुल छैनौं,’ उनले भने ।  

उनले यो सरकारप्रति सुरूदेखि नै आफ्नो बिमति रहेको बताएका छन् । ‘हामी भ्रष्टाचार रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौं अहिलेको सरकार त्यसलाई बचाउनु पर्छ भन्ने पक्षका भएपछि अहिले सरकारको विषयमा मिलनबिन्दु देखेका छैनौं,’ उनले भने ।   
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७