नेपाललाई असफल राष्ट्र हुनबाट हामीले जोगाएका हौं : मन्त्री गुरुङ


२०८१ चैत ३ आइतबार ००:१० बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दावी गरेका छन् । विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।

उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भए पनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताए । उनले सरकारले श्रीलंका हुनबाट भने जोगाएको जिकिर गरे । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताए । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए ।

मन्त्री गुरुङले भने, ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महसुस गरेका छौं । हाम्रो मूल्यांकनमा त्यही कुरा छ। यो सबै समस्याको समाधानमा हामी लागेका छौं । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौं । तर अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हासिल गर्न सकेका छैनौं । विस्तार विस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ । सुशासन आज सबैभन्दा ठूलो समस्या हो। सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो ।’ मन्त्री गुरुङले विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७