पूर्व विशिष्टहरूलाई आजीवन सुविधा दिनु हुँदैन : कांग्रेस


२०८१ चैत ३ आइतबार २२:१६ बजे

काठमाडौं । पूर्व विशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । आज (आइतबार) को प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए ।

उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए । उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सेवा दिने कानून बनाउन लागेको समाचार बाहिर आएको छ । पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिन देशको हितमा छैन ।’ उनले देश आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने धारणा राखेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७