ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण


२०८१ चैत ३ आइतबार १४:४२ बजे

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले महत्वपूर्ण समुद्री करिडोरमा जहाजहरूमाथि लगातार आक्रमण गरेपछि अब निर्णायक कारवाही गर्न आदेश दिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रा बहादुर लडाकुहरूले हाल अमेरिकी जहाज, वायु र नौसेना सम्पत्तिको सुरक्षा गर्न र नेभिगेसनको स्वतन्त्रता पुनस्र्थापित गर्न आतंकवादी लक्ष्यहरू, नेताहरू र मिसाइल प्रतिरक्षाहरूविरुद्ध हवाई आक्रमण गरिरहेका छन् ।’ ट्रम्पले इरानलाई विद्रोही समूहलाई समर्थन गर्न बन्द गर्न चेतावनी पनि दिएका छन् । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन्।

‘हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक  कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्रसले लेखेको छ । यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । हुथी विद्रोहीहरूले शनिबार साँझ आफ्नो क्षेत्रमा श्रृंखलाबद्ध विस्फोट भएको बताएका छन् । अनलाइन प्रसारित तस्बिरहरूमा साना विमानस्थल परिसरमाथि कालो धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसमा एक विशाल सैन्य क्याम्प पनि समावेश छ ।

इजरायलले गाजामा लगाएको नाकाबन्दीको प्रतिक्रियामा यमनको तटीय पानीमा यात्रा गर्ने इजरायली जहाजहरूमाथि आक्रमण पुनः सुरु गर्ने हुथी विद्रोहीहरूले बताएको केही दिनपछि नै अमेरिकाले हवाई आक्रमण शुरु गरेको हो । संयुक्त राज्य अमेरिका, इजरायल र बेलायतले यसअघि यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा आक्रमण गरिसकेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७