जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसंघबीच गठबन्धन, अनिकेत सभापतिको उम्मेदवार


२०८१ फाल्गुण २७ मंगलबार ११:४० बजे

काठमाडौं । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।

जसअनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी सभापतिको उम्मेदवार भएका छन् । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपसभापति हुन् । प्रत्यक्षतर्फ नेविसंघले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित चारवटा सदस्य पद पाएको छ भने नेविसंघले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिएका छन् भने शङ्खर दुबे सचिवको उम्मेदवार बनेका छन् । त्यस्तै समानुपातिकतर्फ नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा (एस) निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७