चन्द्रागिरिमा एक व्यक्तिले गरे ‘फेसबुक लाइभ’ मा आत्मदाहको प्रयास


२०८१ फाल्गुण २८ बुधबार १६:४८ बजे

 काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको छ । स्थानीय उत्तम कार्कीले गए राति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए ।

यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ। फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए । उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७