हिजो घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो छ ?

काठमाडौं । नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज (बुधबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एकलाख ६९ हजार नौसय रुपैयाँ थियो। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार घटेको थियो।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।