केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन बागी उम्मेदवारी दर्ता गराएको भन्दै तालाबन्दी गरिएको हो ।
आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भए पनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको आरोप छ । समय सीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलालले बताएका छन् ।