वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त


२०८१ फाल्गुण २७ मंगलबार ०६:४८ बजे

काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनको कार्यकाल दुई वर्षको हुनेछ । डा. शर्मा वीर अस्पतालमै कार्यरत थिए । कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको थियो । कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७