आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।
आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।