धर्म परिवर्तन र जातजाति लडाउनमा कति विदेशी लगानी भयो ? श्वेतपत्र जारी हो : सांसद सिंह


२०८१ फाल्गुण १२ सोमबार १७:०० बजे

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विदेशी गैरसरकारी संस्थाले नेपालमा गरेको लगानी सम्बन्धमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले नेपालमा गरिएको खर्च सम्बन्धमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।  

‘त्यो विदेशी लगानी धर्म परिवर्तन गराउनमा कति र जातजाति लडाउनमा कति खर्च भयो ? त्यसको जानकारी गराउनका लागि सभामुखसँग रूलिङको माग गर्छु,’ सांसद सिंहले भने । सांसद सिंहले मुलुक सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टमा परेको बारे संसद्मा अर्थमन्त्रीको तर्फबाट जानकारी गराउन माग गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७