मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन साउदको माग


२०८१ फाल्गुण १२ सोमबार १७:२० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिचाई तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको आज (सोमबार) को बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाई परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । 

‘महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधीग्रहणमा परेको छ। अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिंचाईं मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन् ।’ 

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएर गृह मन्त्रालयबाट पुनर्मूल्यांकन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए । ‘जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिंचाई मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ उनले भने । 

पूर्व परराष्ट्रमन्त्री साउदले महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका–१ र ४ का किसान समेत मर्कामा परेका भन्दै उनीहरूलाई दिइने भनिएको मुआब्जाको पुनर्विचार गरी रकम वृद्धि गर्नुपर्ने पनि बताए । ‘महाकाली सिचाई तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरु पनि मार्का परेका छन् । त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत् सरकारसँग अनुरोध गर्छु,’ साउदले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७