स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पार्नु भयो : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छिन् ।
आज (सोमबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्वकांक्षी सपना बाँडेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाएकी हुन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेल सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिन आग्रह समेत गरिन् ।