बझाङमा शिक्षक भीरमा मृत भेटिए 


२०८१ फाल्गुण १२ सोमबार १६:४९ बजे

बझाङ ।  बझाङको वित्थडचिर गाउँपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । वित्थडचिर– ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।

सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ । प्रहरी पुगेपछि घटना विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७