गालीगलौजको अपसँस्कृतिले जस्तो व्यवस्था र जो आए पनि देश बन्दैन : शंकर पोखरेल


२०८१ फाल्गुण १२ सोमबार १४:५५ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

आज (सोमबार) बिहान समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेष गरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन।’

महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरु यस्ता कुरामा गम्भीर हुनु पर्दछ’, महासचिव पोखरेलले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७