टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


२०८१ फाल्गुण ७ बुधबार १०:०३ बजे

रोल्पा । रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माडी गाउँपालिकामा–४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो । सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार टिप्परमा चालक मात्रै रहेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७