कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ


२०८१ फाल्गुण ७ बुधबार १०:०२ बजे

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा निलडाम र चोटपटक रहेका छन् । उनलाई कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

दिनभर कालीमाटी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी राति साथीहरूसँग समूहमा बस्ने गर्थे ।  बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७