के छ नेसपा (नयाँ शक्ति) को १३ बुँदे समसामयिक प्रस्तावमा ? (पूर्णपाठ)


२०८१ माघ ३० बुधबार १६:०४ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल पनि गरेको छ ।

नेसपाले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन र सरकार परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको निष्कर्ष छ । प्रतिवेदनमा भनिएको छ, ‘चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको हुँदा यस्तो अलोकतान्त्रिक प्रवृत्तिको यो महाधिवेशन घोर भर्त्सना गर्दछ ।’

‘लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्घिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो यो महाधिवेशन अपिल गर्दछ,’ महाधविवेशनबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ।

त्यस्तै, राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको सो पार्टीले निष्कर्ष निकालेको छ । अर्थतन्त्रमा संरचनागत सुधारका कुनै संकेत नदेखिएको उल्लेख गर्दै गरिबहरूलाई ऋणमुक्त गर्न समेत नेसपा नयाँ शक्तिको माग छ।

हेर्नुस् पूर्णपाठ
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७