नेसपाको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्। समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । यद्यपी उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ।
११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदैछ । उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दैछ । अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईले उम्मेदवारी दिएका छन् ।