बेलायती राजकुमारले भक्तपुरमा काठमा कुँदे बुट्टा


१६:४१ बजे

 भक्तपुर । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका थिए । मंगलबार काठमाडौं आइपुगेका एडवार्डले भक्तपुर दरबार स्क्वायरका साथै दत्तात्रय मन्दिरको पनि अवलोकन गरे ।

त्यस्तै उनी नमुना घर पुगेर केहीबेर काठ कुँदेका छन् । एडिनबर्गका ड्युक समेत रहेका उनी बेलायती राजा चाल्र्स तृतीयका भाइ हुन् । उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । दुई  दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए ।

मंगलबार नै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी थिइन् । उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन् । राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७