सभामुखले प्रमुख दलका मुख्य र प्रमुख सचेतकलाई छलफलका लागि बोलाए


१२:३६ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश  वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही  प्रमुख सचेतक रहेका छन् । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७