पाँचौं खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल


१४:३३ बजे

काठमाडौं । महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज (बुधबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल र नेदरल्यान्ड्स विरुद्धको खेल मध्याह्न सवा १२ बजेबाट सुरू हुनेछ।

नेपाल प्रतियोगितामा जितविहीन छ । आज आफ्नो पराजय यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा नेपाल हुनेछ। जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ । शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो। दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्‍यो ।

ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ । हिजो भएको खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन् । इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो । शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

यो शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन् । नेपाल तालिकाको पुच्छारमा छ । दोस्रो स्थानमा रहेको नेदरलयान्ड्सको चार खेलबाट चार अंक छ । बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ । चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७