सुनको भाउ एकै दिन २२ सयले बढ्यो, तोलाको कति पुग्यो ?


१४:२३ बजे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ एकै दिन तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७