आज वागमती प्रदेश सभाको बैठक बस्दै


१२:४० बजे

मकवानपुर । वागमती प्रदेश सभाको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजेबाट हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा बैठक बस्दैछ । माघ १८ गते स्थगित भएको बैठक माओवादी केन्द्रले अवरोध नगर्ने भएपछि एक सातापछि बस्न लागेको हो ।

आफनो नेतृत्वको सरकारले ल्याएको बजेट कांग्रेस–एमाले सरकारले कार्यान्वयन नगरेको र अर्थ तथा विविध शीर्षकको बजेटमा भाग माग्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदन अवरुद्ध गर्ने चेतावनी दिइरहेको थियो ।

सभामुख भुवनकुमार पाठकको सक्रियतामा मंगलबार बसेको सर्वदलीय बैठकमा सदनमा अवरोध नगर्ने र बजेट कार्यान्वनमा सबैलाई समेट्ने सहमति जुटेको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । सदनको कार्यसूची अघिल्लो कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा भएको सहमति अनुसार हुने सर्वदलीय बैठकमा सहमति भएको उनले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७