गगनको गुनासो : सरकारको कामको गति मिलेको छैन


२२:२८ बजे

कठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामले गति लिन नसकेको गुनासो गरेका छन् । पर्वत प्रदेश निर्वाचन क्षेत्र ख को प्रथम सम्मेलनमा बोल्दै महामन्त्री थापाले सरकारले कामको गति बढाउनु पर्ने बताएका हुन् ।

महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए । महामन्त्री थापाले भने, ‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कसको हो त ? जिम्मेवारी हाम्रो होइन, हामी देशको ज्येष्ठ पार्टी हो । ज्येष्ठ पार्टी हुनुको अर्थ सम्हाल्ने हाम्रो धर्म हो ।’

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताए । महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क गरे। संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७