महिला क्रिकेटमा नेपालको लगातार चौंथो हार


१९:३८ बजे

काठमाडौँ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार चौंथो हार बेहोरेको छ। आज (मंगलबार) को खेलमा थाइल्याण्डले नेपाललाई पाँच पराजित गरेको छ । थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्याण्डकी थिपाचा पुथावोङ्गले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो । थाइल्याण्डका चानिदा सुथिरुआङ्गले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए । थाइल्याण्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।

नेपालले यसअघि नेदरल्याण्ड्ससँग २ पटक र थाइल्याण्डसँग एक पटक पराजित भएको थियो । थाइल्याण्ड चार वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स चार खेलमा चार अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७