टेलिकमका २०१ कर्मचारीलाई सुन–चाँदी मिश्रित पदक, एक महिनाको तलव थप


१६:२२ बजे

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २०१ जना कर्मचारीलाई सम्मान गरेको छ । २० वर्षभन्दा बढी समय काम गरेर उनीहरुलाई टेलिकमले दीर्घसेवा पदक र एक महिनाको तलब प्रदान गरेको हो। पदकमा ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ समेतको उपस्थितिमा टेलिकमले वार्षिकोत्सव मनाएको थियो । सोही कार्यक्रममा कर्मचारी पनि सम्मानित भएका हुन् । पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७