खानेपानी मन्त्री यादवको टिप्पणी : मेयर साम्पाङले मिडिया ‘स्टण्टबाजी’ गरे


२०८१ माघ ११ शुक्रबार १९:०२ बजे
फाइल फोटो

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया ‘स्टण्टनबाजी’ गरेको टिप्प्णी गरेका छन् । आज (शुक्रबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टण्टबाजी गर्ने भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।

उनले भने, ‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन् । मिडिया स्टण्टबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो। हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइ दिन्छु ।’ उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए ।

‘अहिलेका मेयरले पनि एकदमै मेहेनत गर्नुभयो । अलिअलि पानी त ल्याउनु भयो । त्यतिले पुग्दैन् । तीन वटा वडामा पनि पुग्दैन् । पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नु भयो । संघले आफ्ना नागरिकलाई पानी दिन आतुर छ । प्रधानमन्त्री र मबीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ । करिब छ अर्बको बजेट छ हामीसँग । त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं । एडीबीको ऋण सहयोग त्यहाँखर्च गर्ने सल्लाह भएको छ । किनकी ठूलो बजेटको कुरा छ । छलफल गरिसकेको छौं । त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौ ।’ उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७