मोटरसाइकल दुर्घटनामा मधेस प्रदेश सरकारका चालक कर्मचारीको मृत्यु


२०८१ माघ ११ शुक्रबार ०१:३३ बजे

जनकपुर । जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४प८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७