महाअभियोगको चेतावनीपछि राष्ट्रपति सरकार गठन गर्न वाध्य हुनु भयो : प्रचण्ड 


२०८१ माघ ११ शुक्रबार ०१:२४ बजे
फाइल फोटो

दाङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन् ।

दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वयमले नभने पनि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे । उनले भने, ‘मैले विश्वासको मत पाउँदिन भन्ने त प्रष्टै थियो । तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिएँ । उहाँले गर्ने विश्वास दिनु भएको हो । अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो ।’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन अपिल गरेका छन् । प्रचण्डले भने, ‘यो पटक देशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौँ । तपाईंहरूले पनि आफ्नै छोराछोरी त हुन् नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनु भयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ ।’

प्रचण्डले जनयुद्धमा साथ दिएको बताउँदै अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिन आग्रह गरे । ‘तपाईंहरूले जनयुद्धमा साथ दिनु भयो । शान्ति प्रक्रियामा साथ दिनु भयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिनुहोस् । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपाईहरूको साथ चाहियो । तपाईंहरूले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ’, उनले भने ।

‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । यो माया र विश्वासले खुशी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ । देशभर  विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनु भएको छ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७