अहिलेको  सरकार जब्बरजस्ती मात्र चल्दैछ :  प्रचण्ड


२०८१ माघ १० बिहीबार १८:०१ बजे

सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार अवैध तरिकाले बनेकाले धेरै टाढा नजानेमा भने आफूहरू प्रष्ट रहेको जिकिर गरे ।

संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने अध्यक्ष प्रचण्डको भनाइ छ । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।

यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रष्ट पारे । देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए। ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७