रवि लामिछानेको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने 


२०८१ माघ १० बिहीबार २२:३२ बजे

रुपन्देही । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज सरकारी र जाहेरवालतर्फका वकिलहरूले बहस गरेका छन् । आज लामिछानेका वकिलहरूको बहस गर्ने पालो नआएको हो ।

मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे । बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । 

सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् । प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

तर लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि भोलि उपस्थित हुने शर्तमा छाडेको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुने गरी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७