रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा


२०८१ माघ ९ बुधबार १८:५१ बजे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।

रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो । त्यस लगत्तै हिजो मात्र भैरहवा हुँदै रुपन्देही गएका रवि लामिछाने बुधवार कार्यालय खुल्ले बित्तिकै आफै रूपन्देही जिल्ला अदालतमा हाजिर भएका हुन् ।

बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता  प्रेम पौडेल, सह–न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्नेछन्  । लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र  वरिष्ठ अधिवक्ता नारायण कँडेलले बहस गर्ने तयारी गरेका छन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग  दर्ता भएको थियो । लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७