यू–१९ महिला विश्वकप : अस्ट्रेलियाले ब्याटिङ रोज्यो, नेपाल फिल्डिङमा


२०८१ माघ ९ बुधबार १६:३९ बजे

काठमाडौं । आईसीसी यू–१९ महिला टी ट्वेन्टी विश्वकपमा आज नेपाल र अस्ट्रेलिया भिड्दै छन् । मलेसियास्थित क्रिकेट ओभल बांगीमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपाली टोली फिल्डिङ गर्न मैदानमा उत्रँदै छ । खेल नेपाली समय अनुसार सवा १२ बजेबाट सुरू हुनेछ। नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । त्यसैले नेपाललाई आज यो खेल जित्नैपर्ने दबाब छ ।

नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ । सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७