मेयर साम्पाङको मागबारे खानेपानी मन्त्री यादव : एडीबीको ऋण लिएर आयोजना अघि बढाउँछौं


२०८१ माघ ८ मंगलबार १९:३७ बजे
तस्वीर स्रोत : मन्त्री यादवको सचिवालय

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा उनले समस्या समाधानका लागि एशियाली विकास बैंकको सहयोगमा एकीकृत खानेपानीका यो वर्ष बोलपत्र आह्वान गर्ने तयारी भएको जानकारी दिए ।

मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उपमहानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।’ लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

‘मेयर हर्क राईजीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसाथ धरान फर्कन आग्रह गरें, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनु भयो,’ उनले भनेका छन् । मेयर साम्पाङ सोमबार काठमाडौं आएका थिए । उनी मंगलबार सिंहदरबार गएका छन् । खानेपानी मन्त्री भेटेका उनले अर्थ र प्रधानमन्त्री भेट्ने तयारी गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७