पूर्व गाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका


२०८१ माघ ८ मंगलबार १८:०५ बजे

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्ती छेउमा एक युवकको शव अर्धनग्न अवस्थामा भेटिएको छ । शव स्थानीय पूर्व गाविस अध्यक्ष गोखुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटनास्थलमा ‘डग’ टोली समेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगेको हो । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिए जस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तथापी एसपी पोखरेलले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७