भैरहवा पुगे रवि लामिछाने, अदालतमा उपस्थित हुने तयारी 


२०८१ माघ ८ मंगलबार ०६:२७ बजे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (मंगलबार) भैरहवा पुगेका छन् । जिल्ला अदालत, रुपन्देहीमा दायर सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन् । सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन् । बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा दुई करोड कर्जा गएको देखिएको र उनी गोर्खा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करिब १० करोड गएको आधारमा उनलाई प्रतिवादी बनाइएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । गोर्खा मिडियामा आबद्ध भएकै आधारमा सहकारी ठगीको मुद्दा दायर गरिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७