सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) सुनको भूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।