शीतलहरले कठ्याङ्ग्रिएर एकको मृत्यु
सप्तरी । सप्तरीमा शीतलहरले कठ्याङ्गिएर मंगलबार एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी–४ का ५० वर्षीय भुटाइ साहको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।
मंगलबार बिहान घरदेखि पश्चिम रहेको पोखरीको डिल छेउमा दिशा गर्न गएका बेला साह जाडोले कठ्याङ्ग्रिएर लडेको र सोही ठाउँमा उनको मृत्यु भएको वडाध्यक्ष मुखियाले जानकारी दिए । मृत्यु भएका साह आर्थिक रूपमा अति विपन्न रहेको वडाध्यक्ष मुखियाले बताए । तिलाठी कोइलाडी वडा नम्बर– ४ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको घर रहेको वडा पनि हो ।